ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश सरकारलाई कांग्रेसको समर्थन फिर्तापाँच मन्त्रीको सामूहिक राजीनामा



दाङ, साउन १२

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई पत्र पठाउँदै संविधानको धारा १६८(२) बमोजिम दिएको समर्थन धारा १६८(५) अनुसार फिर्ता लिएको जानकारी गराएका हुन्।


यससँगै कांग्रेसका तर्फबाट सरकारमा सहभागी पाँच मन्त्रीले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्।


केन्द्रमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति बनेपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरेको हो। समर्थन फिर्तासँगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ।

प्रकाशित : १२ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६