ब्रेकिंग न्युज

प्रेस काउन्सिलका चार सदस्यको शपथ



काठमाडौँ, ३ भदौः

प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गर्नुभएको छ । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गर्नुभयो । अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताउनुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । —

प्रकाशित : ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६