ब्रेकिंग न्युज

बाढीपीडितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने



अर्घाखाँची, १० भदौः

सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनःस्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताउनुभयो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खनालको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६