काठमाडौं २२ भदौं
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १ करोड २२ लाख ११ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण भोटेकोशी क्षेत्रका नागरिकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा पीडित परिवारको राहत, पुनःस्थापना तथा मानवीय सहायता कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको हो।
बैंकले विपद्को समयमा आर्थिक संस्थाहरूको सामाजिक उत्तरदायित्व औपचारिकतामा मात्र सीमित नभई पीडित नागरिकको दुःखमा साथ दिने र पुनःस्थापनाको अभियानमा सहकार्य गर्ने माध्यम बन्नुपर्ने सन्देश दिएको छ।
प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा गरिएको यो सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि थप स्रोत परिचालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। विपद्को समयमा निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले सरकार, वित्तीय संस्था र नागरिकबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।










प्रतिक्रिया