अन्तर्राष्ट्रिय

फेल हुने अधिकांश बिदेशमा पढेका  :लाइसेन्स परीक्षामा ५५ प्रतिशत चिकित्सक अनुत्तीर्ण



काठमाडौं ६ असोज। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। काउन्सिलले असोज ५ र ६ गते एमबीबीएस तथा बीडीएसतर्फ लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो।काउन्सिलका अनुसार एमबीबीएसतर्फ लाइसेन्स परीक्षाका लागि एक हजार ७५ जनाले आवेदन दिएका थिए। तीमध्ये एक हजार ५४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ४७३ जना मात्रै उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको ४४.८८ प्रतिशत हो।एमबीबीएसतर्फ ५८१ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्। यसअनुसार परीक्षामा सहभागीमध्ये ५५ प्रतिशतभन्दा बढी परीक्षार्थीले लाइसेन्स प्राप्त गर्न आवश्यक परीक्षा उत्तीर्ण गर्न सकेनन्।बीडीएसतर्फको नतिजा भने झनै कमजोर देखिएको छ। काउन्सिलका अनुसार बीडीएस लाइसेन्स परीक्षामा सहभागी १३१ जनामध्ये ३८ जना मात्रै उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको संख्या २९.०१ प्रतिशत मात्रै रहेको छ।अनुतिर्ण हुने अधिकांश विदेशमा पढेका रहेका छन् ।
बीडीएसतर्फ ९३ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने एक जनाको परीक्षाफल रोकिएको काउन्सिलले जनाएको छ। बीडीएस लाइसेन्स परीक्षाका लागि १३३ जनाले फारम भरेका थिए। तीमध्ये १३१ जना मात्रै परीक्षामा सहभागी भएका थिए।लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सम्बन्धित चिकित्सकले नेपालमा चिकित्सकीय सेवा सञ्चालनका लागि आवश्यक दर्ता प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था छ। एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका चिकित्सकको व्यावसायिक योग्यता परीक्षण गर्ने उद्देश्यले काउन्सिलले नियमित रूपमा यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ। यसपटकको परीक्षामा एमबीबीएसतर्फ ४७३ र बीडीएसतर्फ ३८ जना गरी कुल ५११ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई विधामा गरी ६७४ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोकिएको छ।
तस्बीर

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६