बाँके ७ असोज
लुम्बिनी प्रदेशमा प्राविधिक विश्वविद्यालयको जग्गाकालागि एक टोली काठमाडौ पुगेकोछ । प्राविधिक विश्वविद्यालयले स्थायी पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा संघीय शैक्षिक अनुदान र सुविधामा पहुँच विस्तार गर्न पहल थालेको हो।विश्वविद्यालयका निमित्त प्रमुख तथा डिन डा. निरज केसीको नेतृत्वमा संघीय मन्त्रालय, राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगका उच्च अधिकारीसँग भेटघाट तथा छलफल गरिएको हो।प्रादेशिक विश्वविद्यालयलाई समेत संघीय अनुदान र शैक्षिक सुविधामा समेट्ने गरी नीतिगत सुधारका लागि पहल गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका लागि स्थायी भवन, प्रयोगशाला तथा प्रशासनिक संरचना निर्माण गर्न रनियापुरमा प्रक्रियामा रहेको ५० बिघा जग्गा प्राप्ति तथा खजुरा–बागेश्वरीस्थित पुरानो भवनको जग्गाको स्वामित्व सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।त्यस्तै, नेपालगञ्जस्थित सडक डिभिजन कार्यालयको २५ बिघा जग्गामध्ये कम्तीमा पाँच बिघा खाली जग्गा शैक्षिक, प्रशासनिक तथा खेलकुद प्रयोजनका लागि उपलब्ध गराउने सम्भावनाबारे समेत छलफल गरिएको डा. केसीले जानकारी दिनुभयो।प्रादेशिक विश्वविद्यालयलाई नवप्रवर्तन कार्यक्रम तथा संघीय शैक्षिक सुविधामा समेट्न उच्चस्तरीय बैठक गर्ने तयारीसमेत गरिएको विश्वविद्यालयले जनाएको छ।
७ आश्विन २०८३, बुधबार









प्रतिक्रिया