खोज–अनुसन्धान

शिवराजमा स्पा–डान्सबार शिलबन्दी गर्ने नगरको चेतावनी  




कपिलवस्तु ७ असोज
 शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायको अनुगमनलाई तीव्र बनाउँदै स्पा तथा डान्सबारजन्य गतिविधिमाथि कडाइ गरेको छ। सोमबार गरिएको स्थलगत अनुगमनका क्रममा स्पासँग सम्बन्धित ब्यानर तथा प्रचार सामग्री हटाइएको छ।नगरपालिकाको टोलीले विभिन्न व्यवसायस्थलमा पुगेर व्यवसायको प्रकृति तथा सञ्चालन गतिविधिबारे जानकारी लिएको थियो। स्पा सञ्चालन वा त्यसको प्रचारप्रसार गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई त्यस्ता गतिविधि रोक्न तथा प्रचलित कानुन र नगरपालिकाको मापदण्डअनुसार मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।नगर क्षेत्रमा स्पा तथा डान्सबारका गतिविधिले सामाजिक वातावरणमा असर परेको भन्दै स्थानीयबाट गुनासो आएपछि अनुगमनलाई प्राथमिकताका साथ अघि बढाइएको हो। नगर कार्यपालिकाले भदौ २२ गते कानुनविपरीत सञ्चालन भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो।
नगर प्रमुख अजय थापाले व्यवसायीलाई अनावश्यक दुःख दिने नभई व्यवसायलाई कानुनी दायरामा ल्याउनु नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।नगरपालिकाले यसअघि अवैध रूपमा सञ्चालन भइरहेका स्पा तथा डान्सबार बन्द गर्न सात दिनको समय दिएको थियो। तोकिएको समयपछि पनि अटेर गरी त्यस्ता गतिविधि सञ्चालन गरेको पाइए सम्बन्धित निकायसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाइने तथा आवश्यकताअनुसार शिलबन्दीसमेत गरिने नगरपालिकाले जनाएको छ।नगरपालिकाले होटल, लज तथा रेष्टुरेन्ट व्यवसायीलाई आफ्नो सेवा र गतिविधि कानुनी मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गर्दै अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६