अर्थ-वाणिज्य

कपिलवस्तुमा सम्भावित विपद् व्यवस्थापनको बृहत्त तयारी



कपिलवस्तु ८ असोज
भारी वर्षाको पूर्वसूचनापछि बाणगंगा नगरपालिकाले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी तीव्र बनाएको छ । जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेश, कपिलवस्तुसहित बाणगंगा क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि नगरपालिकाले बृह्त्त तयारीका साथ सतर्कता अपनाएको हो । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सम्भावित जोखिमको समयमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र बाढीको अवस्था आए सुरक्षित स्थानमा जान नगरवासीलाई आग्रह गर्नुभएको छ।
यस्तै पालिकाका विपद् व्यवस्थापन फोकल पर्सन शान्ताराज आचार्यका अनुसार जोखिमयुक्त क्षेत्रमा २४सैँ घण्टा निगरानी गरिनेछ । बाढी आउनुअघि माइकिङ, सामाजिक सञ्जाल र स्थानीय एफएममार्फत पूर्वसूचना दिने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीलाई डोरी, लाइफ ज्याकेटलगायत आवश्यक सामग्रीसहित तयारी अवस्थामा राखिनेछ ।
यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी प्रेमसिंह धामीले विपद्को सूचना प्राप्त हुनासाथ ढिलाइ नगरी आवश्यक जनशक्ति र उद्धार सामग्रीसहित सम्बन्धित स्थानमा पुग्ने गरी तयारी गरिएको बताउनुभएको छ ,यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
यस्तै सामुदायीक रेडियो तथा टेलिभजन बुद्ध आवाजका स्टेशन म्यानेजर भेषराज पाण्डेले नदी तथा खोलामा नदीजन्य पदार्थ ढुवानी र माछामार्न समय बिताउने व्यक्तिमाथि निगरानी बढाउन र सञ्चारमाध्यम मार्फत निरन्तर सूचना प्रवाह गरी सम्भावित क्षति न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । यस्तै सम्पूर्ण संघसंस्थाको प्रतिनिधित्व गर्दै सूर्यकुमारी शाहीले नदी तथा खोलाको आसपासका बस्तीमा अझ प्रभावकारी रूपमा सूचना र सचेतना फैलाउनुपर्ने बताउनुभएको छ ।
बैठकमा बाणगंगा नगरपालिकाका सबै वडाका वडाध्यक्ष, स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा, नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखा, नागरिक समाज कपिलवस्तु, सञ्चारकर्मी, नगरपालिका शाखा प्रमुख, सिद्धार्थ सामाजिक विकास केन्द्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६