कृषि

बाणगंगामा सिंचाइको गुरुयोजना बनाइँदै



कपिलवस्तु ८ असोज
बाणगंगा नगरपालिका–८ मा सिंचाइ गुरुयोजना निर्माणका लागि आवश्यक इन्भेन्टरी सर्भे तथा भावी सिंचाइ योजना तर्जुमा गर्ने विषयमा बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा भित्र रहेका विभिन्न प्रकारका सिंचाइ प्रणालीको विवरण संकलन गर्ने विषयमा छलफल गरिएको हो। वडामा रहेका सतह सिंचाइ, पोखरी सिंचाइ, लिफ्ट सिंचाइ, भूमिगत सिंचाइ (बोरिङ) लगायत अन्य सिंचाइ प्रणालीको अवस्था तथा विवरण संकलन गरी आगामी दिनमा आवश्यक सिंचाइ योजना निर्माण गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो । बैठकमा वडाका वडा सदस्यहरू, वडा सचिव, वडाभित्रका विभिन्न टोलका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम अर्यालले वडाभित्र रहेका सम्पूर्ण सिंचाइ प्रणालीको यथार्थ विवरण संकलन गरी व्यवस्थित सिंचाइ गुरुयोजना निर्माण गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँले उपलब्ध सिंचाइ संरचनाको अवस्था पहिचानसँगै आवश्यकता भएका क्षेत्रमा आगामी दिनमा योजना निर्माण गरी सिंचाइ सुविधाको विस्तार र व्यवस्थापनमा जोड दिइने बताउनुभयो ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६