ब्रेकिंग न्युज

देशभर २१ विपद्का घटना, आठ जना घाइते



काठमाडौँ, १६ असोजः

पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढी सर्पदंशका सात घटना भएका छन् । यस्तै, पहिरोका पाँच, बाढीका तीन, आगलागीका दुई तथा जनावर आक्रमणका दुई घटना भएका छन् । अविरल वर्षाका कारण एक विपद् घटना भएको प्राधिकरणले जनाएको छ । विपद्का घटनाका कारण देशभर दुई वटा चौपायामा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट करिब रु १२ हजार बराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणले विपद्का घटना बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ । —

प्रकाशित : १६ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६