कपिलवस्तु १४ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ८५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।क्षेत्र नम्बर १ बाट ३३ जना, क्षेत्र नम्बर २ बाट १९ जना र क्षेत्र नम्बर ३ बाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्। क्षेत्रीय अधिवेशनबाट महिला, खुला, युवा, श्रमिक, पेशागत विज्ञ, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, अपाङ्गता तथा अन्य समावेशी समूहबाट प्रतिनिधि चयन भएका छन्।क्षेत्र नम्बर १ मा ३३ जना, क्षेत्र नम्बर २ मा १९ जना र क्षेत्र नम्बर ३ मा ३३ जना गरी तीनवटै क्षेत्रमा गरी ८५ जना प्रतिनिधि निर्विरोध चयन भएका हुन्। प्रतिनिधिहरूमा महिला तथा युवाको सहभागितासँगै विभिन्न समुदाय र समावेशी समूहलाई समेत समेटिएको छ।निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सबै क्षेत्रमा उम्मेदवारबीच प्रतिस्पर्धा नभएपछि प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन्। यससँगै कपिलवस्तुबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पूरा भएको छ।यसअघि कपिलवस्तुका छवटै प्रदेशसभा क्षेत्रमा पनि क्षेत्रीय सभापति निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय नेतृत्व निर्विरोध चयन भएसँगै कपिलवस्तु कांग्रेसको महाधिवेशनसम्बन्धी क्षेत्रीय निर्वाचन प्रक्रिया अघि बढेको छ
१५ आश्विन २०८३, बिहिबार









प्रतिक्रिया