देश

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता : अशोकको ११ औँ जीत



म्याग्दी, ४ कात्तिक

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाउनुभएको छ । सोही वडाका अध्यक्षसमेत रहनुभएका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाउनुभएको हो । आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्रीबाहेक हालसम्म ११ आँै पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपूजा व्यवस्थापन समितिका सदस्य दिनेश केसीले जानकारी दिनुभयो । विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुभएको थिएन् । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । विसं २०८० देखि यस वर्षसम्म लगातार विजयी हुनुभएको छ । निरन्तरको अभ्यास, शारिरिक व्यायम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो । खत्रीलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुुनलगायतले फेता गुटाएर सम्मान गरेका थिए । स्थानीयवासीले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित ताकमकोत परिक्रमा गराएका थिए । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । बाइसे चौबिसे राजाले हरेक वर्षको वडादशैको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेसम्म पनि निरन्तरता दिइएको छ । ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैंअघिदेखिको शोख भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । –––

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६