ब्रेकिंग न्युज

जनसेवाले सम्पन्न ग¥र्यो ३३ औं साधारण सभा



कपिलवस्तु ३१ असोज

्कपिलवस्तुको बाणगंगा नगरपालिका–४, गजेहडास्थित श्री जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पदमा नरहे पनि संस्थाको विकास र प्रगतिका लागि आफूहरू निरन्तर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले सहकारी क्षेत्रमा सदस्यहरूको ठूलो धनराशि रहेको उल्लेख गर्दै त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके नगरको समृद्धि, रोजगारी सिर्जना र आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। सहकारीले उत्पादनमा केन्द्रित भएर लगानी गर्नुपर्ने उहाँको भनाइ थियो। सहकारी संघ लुम्बिनी प्रदेशका लेखा समिति संयोजक तेजप्रसाद आचार्यले जनसेवा बहुमुखी सहकारी पुरानो र प्रतिष्ठित संस्था भएकाले यसको जिम्मेवारी अझ बढी रहेको बताउनुभयो।

संस्थाका अध्यक्ष द्रोणराज सुवेदीले अग्रजहरूको प्रेरणा, सदस्यहरूको अनुशासन, लगनशीलता र इमानदारीका कारण संस्था सफलताको दिशामा अघि बढिरहेको बताउनुभयो ।

सभाले संस्थाको गतिविधि, आर्थिक अवस्था र भावी कार्ययोजनाबारे छलफल गरेको थियो।कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

पोख्रेलको नेतृत्वमा संचालक समिति
संस्थाको ११ औँ अधिवेशनले देवीबहादुर पोखरेलको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा डिल्लीराज भुसाल, सचिवमा टेकेन्द्रकुमार क्षेत्री र कोषाध्यक्षमा गोविन्दप्रसाद ज्ञवाली चयन हुनुभएको छ। त्यसैगरी, सदस्यमा कमलप्रसाद खनाल, बिनु खनाल, पुष्पा सोमै, राधा रौतार र दानुमाया सिंजाली चयन हुनुभएको छ।

यस्तै, घनश्याम पौडेलको संयोजकत्वमा केशवराज आचार्य र परशुराम थारू सदस्य रहेको तीन सदस्यीय लेखा समिति चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष देवीबहादुर पोखरेलले सबैको साथ, सहयोग, सुझाव र सल्लाहलाई आत्मसात् गर्दै संस्थाको उद्देश्य प्राप्ति तथा सदस्यहरूको हितका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।संस्थाकी उपाध्यक्ष सरितादेवी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव टेकेन्द्रकुमार क्षेत्रीले गर्नु भएको थियो । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६