खोज–अनुसन्धान

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट



सुदूरपश्चिम, ४ कात्तिकः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । आज बडादसैँका अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ तथा आम नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्नुभएको हो । मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई चाडपर्वले थप ऊर्जा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६