अन्तर्राष्ट्रिय

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने



काठमाडौँ, ५ कात्तिक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् । आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ । ‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताउनुभयो । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : ६ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६