गण्डकी

जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते



त्रिवेणी (रुकुमपश्चिम), २३ कात्तिक

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे१ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घाइतेमध्ये १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र आठ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ । त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ । जिपमा सवार सबै आठविसकोट नगरपालिकाका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । –––

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६