देश

रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश



काठमाडौँ, २४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिनुहुँदै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले “उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्” भन्ने कामना पनि गर्नुभएको छ । —

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६