अन्तर्राष्ट्रिय

तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता



बैंकक, २५ कात्तिक (रासस÷सिन्ह्वा)
थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् । रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको छ । नौसेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा तेल चुहावटको असर नियन्त्रण गर्न समुद्री विभागसँग समन्वय भइरहेको जनाएको छ । साथै, घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको छ । नौसेनाले बेपत्ता व्यक्तिहरूको खोजीका लागि आवश्यक सबै तयारी गरिएको जनाएको छ । समुद्री वातावरणमा पर्न सक्ने प्रतिकूल असरको निगरानी भइरहेको र त्यसलाई रोक्न आवश्यक कदम चालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६