देश

वीरगञ्ज कारागारबाट कैदी फरार



वीरगन्ज (पर्सा), २६ कात्तिक

पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् । जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिनुभयो । वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ ।

प्रकाशित : २७ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६