देश

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने



मुगु, २७ कात्तिक

मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको बताउनुभएको छ । हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताउनुभयो । पुल निर्माणपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।

प्रकाशित : २८ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६