कपिलवस्तु ४ फागुन ।नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको तौलिहवा स्थित होटेल तिलौराकोटमा संपन्न ५१ औ अधिबेशनबाट केशव सिंह पुनः सभापतिमा निर्बिरोध निर्वाचित भएका छन । सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएको निर्वाचन मन्डलका संयोजक राधा नेपालीले जानकारी दिईन ।समितिको उपाध्यक्षहरुमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा संतोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्र बहादुर…