रुपन्देही २ असोज । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माविमा प्रदेशस्तरीय विज्ञान संग्रालय निर्माण हुन लागेको हो । संग्रालयको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खानले शिलान्यास गर्नुभएको छ । १६ करोडको लागतमा निर्माण हुन लागेको संग्रालयका लागि यस वर्ष…