काठमाडौँ, २८ वैशाख आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले दिगो वन व्यवस्थापनमार्फत वन क्षेत्रको आर्थिक योगदान अभिवृद्धि गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठ, जडीबुटी, आयुर्वेदिक औषधि, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिइने बताउनुभयो । सरकारले जडीबुटीको…