रुपन्देही १४ जेठ । २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेले रुपन्देहीका १६ पालिकामध्ये ७ वटामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । त्यसबेला जितेका सबै पालिकामा एमालेले यसपटक प्रमुख पद गुमाएको छ ।तिलोत्तमा नगरपालिकाको मतगणना सकिएसँगै रुपन्देहीका १६ वटै पालिकाको नतिजा आएको छ । तिलोत्तमामा कांग्रेसका रामकृष्ण खाण मेयरमा र एमालेकी जागेश्वरी देवी चौधरी…