पाल्पा १९ साउन । लगातार पानी परेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको हिउँदेखोलामा सडक भासिएको छ। सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर सडक भासिएको हो। सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार गएराति सडक भासिएको हो।विगत केही महिनायता सामान्य भासिएको सडक गएरातिदेखि चिरा परेर भासिएको हो। सडकको सात मिटर चौडाई र ५० मिटर…