काठमाडौँ, १ कात्तिक सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगरविकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ–मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिनुभयो । “ऊर्जा,…