काठमाडौँ, ३ जेठ साहित्य सन्ध्याको ४७६औँ मासिक शृङ्खलामा बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा शनिबार ‘नेपालको भूराजनीतिक विशेषता र ध्यान दिनुपर्ने विषय’ मा चर्चा र रचना वाचन गरिएको छ । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको स्वीकृतिविना नेपाली भूमिबाट भारत र चीनले कैलाश मानसरोवरको यात्रा गराउने सूचना सार्वजनिक गर्नु अन्तरराष्ट्रिय कानुन एवं कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो । त्यस…