काठमाडौ २५ मंसिर । पहुँच नपुगेको क्षेत्रका व्यक्तिलाई संसदमा पुर्याउने उद्देश्यले समावेशी सिद्धान्तका आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट पनि ठूलाबडा र पहुँचवालाकै प्रवेश देखिएको छ ।दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक–पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका आफन्त तथा नेतृत्वलाई रिझाउन बारम्बार उनीहरुको अघिपछि हुनेहरुले नै देखिएका…