बुटवल २१ कार्तिक ।लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोसपा पार्टी परित्याग गरेकी छन् । उनले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने बताएकी हुन् ।लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग, वन तथा वातावरण मन्त्रीसमेत रहेकी पाण्डेले लोसपामा व्यक्तिवादी हाबी भएकाले पार्टी परित्याग गरेको बताइन्…