बागमती, २६ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव…