कपिलवस्तु १७ पुस ।उमेरको ४ दशक अवधि खर्च गरेको पार्टीबाट निकालामा परेपछि भीम रावल यतिखेर झनै व्यस्त छन्। काठमाडौँको टोखास्थित उनको निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै उनलाई भेट्न पुग्नेहरूको ताँती लागिरहेको छ।२०३० सालमा विद्यार्थी आन्दोलनका क्रममा राजनीतिसँग जोडिएका उनी त्यसयता अनवरत क्रियाशील थिए। नेकपा एमालेजस्तो देशको एक शक्तिशाली पार्टीको उपाध्यक्ष र गृह तथा रक्षाजस्ता महत्त्वपूर्ण…