देउखुरी २० मंसिर । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैंकका प्रतिनिधि मण्डल संगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम…