भैरहवा, १७ असार । पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु र पर्याप्त मात्रामा हुन नसकेको बताएका छन् । उनले ‘भैरहवा एअरपोर्ट ग्राउण्डमै सम्बन्धित मन्त्रालय र सरोकारवालाको गोलमेच सम्मेलन राखेर व्यवस्थित कार्यपत्र पेश गराई छलफल गरी निचोड निकालेर अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने गरी मन्त्रिपरिषद बैठकबाट स्वीकृत गराउन दवाव दिनुपर्ने आवश्यकता…