बुटवल १४ पुस । सहकारी संस्थाहरूमा सेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिई सहकारीको मर्म र भावनाविपरीत ऐन, कानुनलाई नै मिचेर एउटै व्यक्ति लगातार तीनपटकसम्म नेतृत्वमा बस्ने परिपाटी मौलाउँदै गएको पाइएको छ । त्यति मात्र होइन सञ्चालक समितिका अध्यक्षले कर्मचारीले जस्तै तलब सुविधा समेत लिने गरेको समेत पाइएको छ ।सहकारी सिद्धान्त विपरित निर्वाचन प्रकृयामा निवर्तमान अध्यक्ष र…