बुटवल, १३ पुस । लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा…