काठमाडौं, पुस ११ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विज्ञको सुझावमा अर्थतन्त्र सुधार्ने अठोट गर्नुभएको छ । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हाल्दै पौडेलले यस्तो अठोट गर्नुभएको हो ।पदभार ग्रहण गर्दै उहाँले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्याउने प्रतिबद्धता जनाउनु भयो ।…