कपिलवस्तु, २७ मङ्सिर । कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् । पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा…