बुटवल २१ पुस । बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनीमा तीन जना महिला उद्यमीले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरेका छन् ।उत्कृष्ट महिला उद्यमीका रूपमा पाल्पाली मदनपोखरा ढाका उद्योग, पाल्पाका शितम भण्डारी, प्रेम अल्लो ९पुवा० धागो तथा तयारी पोसाक उद्योग दाङका प्रेमकुमारी पुन र आईटी स्टिल स्ट्रक्चर सोलुसन प्रालि रुपन्देहीका सृष्टि गुरुङ पुरस्कृत हुनुभएको हो ।…