काठमाण्डौ, ०४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न एक हप्ताको समय दिएसँगै दलहरु शक्ति बाँडफाँट टुङ्गोमा पुर्याउन केन्द्रित भएका छन् । सत्तागठबन्धनमा रहेका दलहरूले आ–आफ्नो संसदीय दलको नेता चयन र शक्ति बाँडफाँटको विषयलाई एक साथ अगाडि बढाउन जुटेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत…