कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापासहितको टोली र भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिबीच विकासको मोडलबारे छलफल भएको छ । वडाध्यक्ष थापा र नगरप्रमुख प्रजापतिबीच मंगलबार विकासको मोडलबारे छलफल भएको हो । टोलीले उक्त नगरपालिकाका विभिन्न वडामा संचालन भईरहेका विकासको मोडलबारे अध्ययन तथा जानकारी प्राप्त गरेको वडाध्यक्ष थापाले बताए…