अर्घाखाँची, १९ कार्तिक । सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ । सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि…