अर्घाखाँची, १९ मंसिर । अर्घाखाँचीका सुन्तला किसान यतिबेला व्यस्त छन् । किसानको दैनिकी सुन्तला टिप्ने र त्यसलाई बजारसम्म पुर्याउने मै केन्द्रित छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसानले यो वर्ष झन्डै ५ करोडको सुन्तला बेचेका छन् । सुन्तला खरिद गर्न बुटवल, पाल्पा र भैरहवाबाट व्यापारी गाउँमै आउने गरेका छन् । सिम्लेमा मात्र ४९ घरका किसानले व्यावसायिक…