१२ कात्तिकचीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो ।प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस…