कपिलवस्तु, २९ असोज ।कपिलवस्तुको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कपिलवस्तुमा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरुले आफनो आफनो विचार व्यक्त गरेका थिए । कपिलवस्तु क्षेत्र नं…