कपिलवस्तु, २७ असोज ।निर्वाचनको प्रचारप्रसारलाई सशक्तढंगले अघि बढाउन कपिलवस्तुमा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन गरिएको छ । कपिलवस्तुको तौलिहवा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाच दलीय गठबन्धनको बैठकले पुवं सांसद तथा काग्रेस नेता अतहर कमालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । निर्वाचन परिचालन समितिमा कांग्रेसका ४, माओबादी केन्द्रका ३, नेकपा…