नेपालगञ्ज, ३१ असोज आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्वीमिङ च्याम्पिनसीप–२०२५ आयोजना गरिने भएको छ । नेपालगञ्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७…