भैरहवा, १८ कार्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ। हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि…