महेन्द्रनगर (धनुषा), २९ असोज मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गर्नुभएको छ । मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गर्नुभएको हो । सरकार गठनका क्रममा लोसपा,…