तुलसीपुर (दाङ), २९ असोज लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरुलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई…