तौलिहवा १८ भदौ । सडक निर्माण अलपत्र पार्ने सन्तोषी निर्माण सेवालाई कारवाही गर्न कपिलवस्तुको पर्यटकीय क्षेत्र जगदिशपुर र शिवपुरका अगुवाले माग गरेका छन् । कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले…