विराटनगर, १८ भाद्र। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण सिट बाँडफाँड टुंगो नलागेको बताएका छन्।शनिबार विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनको कांग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको रुपमा देखा पर्न थालेको बताए। ‘२०७४ सालमा कांग्रेसले २३ सिट जितेको थियो। अहिले १०० सिटको माग गरिरहेको छ,’ उनले…